कपिलवस्तु ११ फागुन : नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको जिल्ला कार्यसमितीको ५ औं जिल्ला अधिबेशन वाणगंगा ७ को मनमोहक रमणिय स्थल खारखानी कोइली बनगाईमा सम्पन्न गरेको छ । सो अधिबेशनबाट आगामी ३ वर्षका लगि खिम बहादुर बि सिको अध्यक्षतामा ३२ सदस्ययी नयाँ कार्य समिती नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन गठन गरेको छ ।जसको उपाध्यक्षमा बुद्धि श्रेष्ठ,सचिवमा कृष्ण बहादुर शैजुली,उप सचिवमा मुरलीधर घिमिरे,बालिका बुढाथोकी चयन भएका छन् भने अन्य सदस्यमा रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले कपिलवस्तुका ईन्चार्ज एबम् केन्द्रिय कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बलाराम अधिकारीले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन भनेको पार्टीको जनवर्गिय संगठन रहेको हुँदा पार्टीको संगठनको कामलाई क्रियाशिल भई काम गर्न निर्देशन दिदै अवको बैशाख ३०गते सम्पन्न हुने स्थानिय निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीको रुपमा स्थापित हुने कुरामा जोड दिएका थिए ।
प्रतिक्रिया