जीवनशैली

बाघको आक्रमणबाट एक महिलाको मृत्यु



बर्दिया ११ फागुन ।
बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको पाटे बाघको आक्रमणबाट हिजो बेलुका ज्यान गएको मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिनुभयो ।

निकुञ्जसँग सीमा जोडिएको आफ्नो घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको आधा खुट्टा, हात खाएको र क्षत विक्षत अवस्थामा शव फेला परेको जनाइएको छ । मृतक थारुको शव राति नै पोस्टमार्टमका लागि गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६