प्रदेश

मन्त्रालय देखि नगर सम्मका अभ्यास बाणगंगामा लागु गराउन प्रमुख प्रशासकिय अधिकृत पन्थीको तत्परता




हरि घिमिरे, ११ फागुन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले परिचय तथा छलफललाई तिव्रता दिएको छ । बाणगंगा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर आएसंगै टेकराज पन्थीले परिचय तथा छलफललाई तिव्रता दिएका हुन् । आफ्ना अहिले सम्म गरेका मन्त्रालय देखि नगर सम्मका अभ्यासलाई उनले बाणगंगामा पनि लागु गराउन तत्परता देखाएका छन् । उनको यस्तो परिचय तथा छलफलले नगरपालिकाका सबै संघ सस्थां, एवं नगरवासिमा केहि उत्सुकता जगाएको छ । बाणगंगा नगरपालिकामा अहिले सम्मको अभ्यास यस्तो थिएन् । प्रमुख प्रशासकिय अधिकृत पन्थीको अभ्यासले नगरपालिका संघ सस्थां, एवं नगरवासिमा आशा पलाएको छ । पन्थीले केहि दिन देखि लगातार यस्ता कार्यलाई तिव्र परेका छन् । मंगलबार मात्रै पन्थीले नगरपाकिाका सम्पुर्ण वडाका टोल विकास संस्थालाई नगरपालिकामा बोलाएर छलफल तथा परिचय गरेका छन् । छलफलमा आएका सम्पुर्ण सुझाव, गुनासा, तथा भईरहेका कार्यको सबै जानकारी लिएको पन्थीले बताए । उनले वडा कार्यसमितिले गर्न हुने तथा गर्न नहुने कामको बारेमा जानकारी दिएका छन् । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारिहरुले आ–आफ्ना भनाई सहित जिज्ञासा प्रस्तुत गरेका थिए । छलफलमा उठेका जिज्ञासाको जवाफ दिदै नगर उपप्रमुख चक्र पाणि अर्यालले सवैको चासो नगर विकासमा रहेको प्रष्ट भएको बताए । उनले भने “बाणगंगा नगरपालिकामा भएका विकासका कामको निगरानी गर्ने जिम्मा टोल विकास संस्थाहरुको हो ।” विकास निर्माणका कामहरु नजिक बाट सुस्म अध्यन गर्न र भएका सुझावहरुलाई वडा कार्यलय मार्फत नगर सम्म ल्याउन टोल विकासको महत्वपुर्ण भुमिका रहने उनले बताए । कार्यक्रममा नगपालिका भित्रका सबै टोल विकास संस्थाहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६