काठमाण्डौं, ११ फागुन ।
युएईमा रहेर रोजगारी सँगै पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे युएईमा पक्राउ परेका छन् । करिब एक दशकदेखि युएईलाई कर्मथलो बनाएर बसिरहेका अर्घाखाँची स्थायी घर भई रुपन्देहीमा बसोबास गर्दै आएका पाण्डे गत मंगलबार फेब्रुअरी १५ का दिन युएईको प्रशासनले हिरासतमा लिएको परिवारिक स्रोतले जानकारी गराएको छ ।
पारिवारिक स्रोतकाअनुसार उमाकान्त लाई युएईको प्रशासनले मंगलवार फेब्रुअरी १५ मा फोन सम्पर्क गरी बोलाएको थियो । आफ्नो काममा जान तयार भएका पाण्डे त्यहाँको प्रशासनले बोलाए पश्चात मंगलबार नै बोलाएको ठाँउमा गएका थिए । उनी गए पछी बुधवार साँझ सम्म सम्पर्क बिहिन रहेका थिए । बुधवार साँझ परिवारलाई हिरासत भित्रबाट सम्पर्क गरेर आफु हिरासत भित्र रहेको र आँफुलाई नेपाली राजदुतबास युएईले साइबर क्राइमको मुद्दा दर्ता गरेको कारण प्रकाउ परेको परिवारलाई बताएका थिए ।
उनले आँफु अबुधावीको अल वाथ्बा जेलमा रहेको र दुतावासले मुद्दा फिर्ता लिएमा आफु छुट्ने यदी साइबर क्राइमको मुद्दा फिर्ता नभए आफु डिपोर्ट हुनसक्ने जानकारी पनि परिवारलाई गराएका थिए । तत्पश्चात उनको परिवार दुताबास पुगी पाण्डेको अवस्था बुझिदिन र उनलाई हिरासत मुक्त गर्न पहल गरिदिन निवेदन दिएका थिए ।
दुताबासले भने उमाकान्त विरुद्ध दुतावासले कुनै मुद्दा दर्ता नगरेको, पाण्डेको अवस्थाबारे युएई प्रशासनमार्फत जानकारी लिने र उनको रिहाइको पहल गर्ने आश्वासन दिएको परिवारले जानकारी गराएका छन । युईमा कार्यरत पाण्डेका श्रीमती र एक छोरा पनि युएईमा नै रहेका छन् ।
युएईमा रहेका पण्डेले केही समय पहिले दुतावासको विषयमा सामाजि सञ्जालमा स्टाटस लेखेर दुतवासमार्फत नै भिजिट भिषालाई प्रोत्साहन भएको र दुतावास भित्र हुने गरेका गलत कुराहरुको आँफुसँग प्रमाणहरु भएको भन्दै लेखेका थिए । उक्त स्टाटस पश्चात दुतावासका कर्मचारी र उमाकान्त विच लामो बहस र चर्काचर्की भएको कारण दुतावासले मुद्दा दर्ता गरेको आशंका गरिएको छ । यता दुतावासले भने उक्त कुरा स्विकार गरेको छैन दुतवासले कुनै पनि मुद्दा दर्ता नगरेको बताएको छ भने पाण्डे एक हप्तादेखि युएईको जेलमा रहेका छन ।
‘पत्रकारिताकै कारण कोही नेपाली डिपोर्ट हुँदैन’– राजदुत ढकाल
युएईका लागि नेपाली राजदुत कृष्ण ढकालले बाहिर आए जस्तो पत्रकार उमाकान्त विरुद्ध दुताबासले कुनै पनि मुद्दा दर्ता नगरेको बताएका छन । पाण्डेको बिषयमा जानकारी आए पश्चात दुताबास निरन्तर उनको खोजी गरी रहेको उनले बताए । ढकालले युएईको परराष्ट्र मन्त्रालयमा सम्पर्क् भएको र उमाकान्त हिरासतमा रहेको र अनुसन्धानको क्रम मा भएकोले पूर्ण विवरण पाउन नसकेको राजदुत ढकालले नयाँ पत्रिकालाई जानकारी गराए साथै उनले पत्रकार पाण्डेलाइ छुटाउन दुतावासले निरन्तर पहल गरिरहेको पनि बताए ।
युएईमा रहेर पत्रकारिता रोजगारी सँगै पत्रकारिता गरिरहेको नेपालीलाई दुतबास बिरुद्ध लेखेको भनेर नेपाली दुतबासले ले नै मुद्दा गरी नेपाल फर्काउन लगेको हो भन्ने प्रश्नमा राजदुत भन्छन – ‘उमाकान्त जिको बिषयमा दुतबास निरन्तर खोजी गरेको छ । मुद्दाको बस्तबिकता थाहा हुन सकेको छैन । युएईमा रहेर पत्रकारिता गरेकै आधारमा कोही डिपोर्ट हुँदैन पत्रकारिता गरेको आधारमा कोही नेपाली डिपोर्ट हुन सक्दैन त्यसो भएमा मलाई पदमा बस्ने अधिकार पनि हुँदैन म राजिनामा दिन्छु । उमाकान्त जि लाई पनि पत्रकारिता कै कारण डिपोर्ट हुने भन्ने हुनै सक्दैन हामी खोजी गरिरहेको छौं छिट्टै बस्तविकता बाहिर आउने छ । र हाम्रो पहलले उमाकान्त जि बाहिर आउनु हुनेछ ।’
उनले दुतावास युएईमा रहेका हरेका नेपालीको सुख–दुःखको सारथी हुने भन्दै दुतावासले मुद्दा दर्ता नगरेको बताए । –नयाँ पत्रिका
प्रतिक्रिया