प्रदेश

प्रचण्ड भन्छन, गठबन्धन टुटाउने र सरकार गिराउने खेल भइरहेको छ



काठमाण्डौ, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

आज बुधवार नेकपा माओवादी केन्द्र को वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताउनुभएको हो । राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाहिँ सत्य नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन ।’

अध्यक्ष दाहालले आज बिहान गृह मन्त्री बालकृष्ण खाणसँग खुमलटारमा भेटवार्ता भए पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पार्नुभयो ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६