ब्रेकिंग न्युज

एमसीसी विरुद्ध कपिलवस्तु चारनम्बरमा मसाल जुलुस



कपिलवस्तु ११ फागुन ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विरुद्ध संयुक्त संघर्ष समितिमा रहेका दलहरुले कपिलवस्तुको चारनम्बरमा मसाल जुलुस निकालेका छन् ।

बुधबार साँझ जिल्लाको वाणगंगा चारनम्बरमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरुले एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस निकालेका हुन् ।

मसाल जुलुस निकाल्ने क्रममा स्थानीय प्रहरी प्रशासनले अवरोध सिर्जना गरेपनि चारनम्बर चोकमा आएर संघर्ष समितिले कोणसभा गरेको थियो ।

कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य धनेश्वर पोख्रेलले एमसीसी खारेजीको अभियानमा साथ दिन राष्ट्रप्रेमी जनतालाई आह्वान गर्नुभयो । केन्द्र देखि जिल्ला जिल्ला संयुक्त संघर्ष समितिले एमसीसी विरुद्ध कार्यक्रम गरिरहेको भन्दै राष्ट्रको विषयमा सबैको चासो हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी कमल केसीले अमेरिकी साम्म्राज्यवादले जवरजस्ती ढंगले नेपालमा एमसीसी ल्याउन खोजेको भन्दै यसको सशक्त प्रतिरोध गर्नुपर्नेमा जोड दिनुभयो । एमसीसी ल्याउन कांग्रेस, एमाले कम्मर कसेर लागेको भन्दै यसको प्रतिरोध स्वरुप सबै राष्ट्रभक्ति जनतालाई सडकमा उत्रिन उहाँले आह्वान गर्नुभयो ।

देशमा एमसीसीबारे तीन ओटा धारणा देखा परेको उहाँले बताउनुभयो ।

‘देशमा एमसीसीबारे तीन ओटा धारणा पाइएको छ, कोणसभालाई सम्बोधन गर्दै नेता केसीले भन्नुभयो, ‘एउटा पक्ष एमसीसी तत्काल पास गर्ने तयारीमा छ । अर्को पक्ष संशोधन गरेर मात्र पास गर्नुपर्ने अडानमा छ, भने हामी साम्म्राज्यवादले ल्याउन खोजेको एमसीसी तुरुन्त खारेजको मागमा छौं ।’

कार्यक्रममा बोल्दै नेकपा (मसाल)का नेता शसी सापकोटा लगायतले बोल्दै राष्ट्रघाती एमसीसी तत्काल खारेजीको माग गरेका थिए ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६