शिक्षा

विद्यार्थीहरुको निःशुल्क आँखा जाँच



तुलसीपुर,
११-फागुन/ मावि कालाखोलामा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको छ । तुलसीपुर नगर जेसिजको आयोजनामा बुधबार मावि कालाखोलामा अध्ययनरत विद्यार्थीहरुको आँखा जाँच गरिएको हो । जेसिजको कार्ययोजना स्वास्थ परिक्षण स्कुल–स्कुलमा कार्यक्रम अन्तरगत निःशुल्क आँखा परिक्षण शिविर गरिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष केशव केसीले जानकारी दिए ।

आँखा जाँच गराएका ४३१ जना विद्यार्थीहरुको आँखामा समस्या देखिएको थियो । अधिकाशं विद्यार्थीहरुमा नजर कमजोर देखिने समस्या देखिएको थियो । त्यसका साथै आँखा दुख्ने, वोर्डमा लेखेका सानो अक्षर नदेख्ने, आँखा खुम्चाएर हेर्नु पर्ने, आँखा मिच्नु पर्ने जस्ता समस्या रहेको चिकित्सकहरुले बताएका छन् । आँखा परिक्षण गराएका २५ जना विद्यार्थीहरुलाई बन्जाडे आँखा क्लिनिकमा सिफ्ट गरी उनीहरुलाई निःशुल्क औषधि र चस्मा सहयोग गरेको अध्यक्ष केसीले जानकारी दिए ।

केशव केसीको अध्यक्षतामा भएको निःशुल्क आँखा शिवर तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष टोपबहादुर केसीको प्रमुख अतिथ्यतामा भएको थियो । उपाध्यक्ष जेसी शैलेन्द्र कुमार वलीको स्वागत मन्तव्यबाट सुर भएको कार्यक्रमको बारेमा कार्यकारिणी उपाध्यक्ष जेसी चुडामणि कडेलले जानकारी गराएका थिए भने धन्यवाद ज्ञापन कार्यक्रमका संयोजक जेसी कृष्ण बन्जाडेले गरेका थिए । उक्त अवसरमा स्कुल ब्यबस्थापन समितिका अध्यक्ष स्कुलका सहायक प्रअ छवि कुमार न्यौपानेले कार्यक्रमको प्रशंसा गर्दै आफ्नो गरेका थिए । जेसिज आस्था पाठ जेसी सन्जय न्यौपानेले वाचन गरेका थिए ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६