कपिलवस्तु १२ फागुन । कपिलवस्तुको बाणगंगा नगरपालिकामा सुबिधा सम्पन्न सिनेमा हल संचालनमा आएको छ । बाणगंगा नगरपालिका १ जितपुर राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ करिब ६ करोडको लगानीमा निर्माण सम्पन्न भई संचालनमा आएको हो ।बाणगंगा नगरपालिका- १ जितपुर राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ संचालनमा आएसंगै यहाँका नागरिकमा नयाँ रौनक छाएको छ । ६ कट्ठा क्षेत्रफलमा सिनेमा हल सञ्चालन गर्ने गरि नै निर्माण गरिएको सुबिधा सम्पन्न भौतिक संरचना साच्चिकै मनमोहक छ । यद्यपि ‘ओएसिस सिनेमाज’ यहि फागुन १७ गते शिवरात्रीका दिन औपचारीक उद्घाटन हुने भएको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि फागुन १७ गते शिवरात्रीका दिन औपचारीक उद्घाटन गर्ने तयारी रहेको सञ्चालक संजय पाण्डे र रामु तामाङले दिनुभयो । राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ को निर्माणको सबै काम सकिएको सिनेमाका सञ्चालक नविन भण्डारीले जानकारी बताउनुभयो ।
ओएसिस सिनेमाजका यस्ता छन् बिशेषता :

यो चलचित्र हल पछिल्लो प्रविधी प्रयोग भएको आधुनिक सुविधासम्पन हल हो । यहाँ काठमाण्डौँका ‘क्यूएफएक्स’ हलमा पाइने आनन्द पाइने संचालक भण्डारी बताउनु हुन्छ । यस हलको सबैभन्दा राम्रो विशेषता भनेको भौतिक संरचना र ध्वनी हो । भण्डारी भन्नुहुन्छ, हामीले लुम्बिनी प्रदेशमै राम्रो खालको भवनको संरचना बनाएका छौँ र उच्च प्रविधिको साउण्ड दिने कोसिसमा छौँ । यहाँ ७.१ श्रावण्ड साउण्ड प्रविधि हुनेछ । जुन दर्शकलाई पृथक लाग्ने छ । यसले कानमा पनि कुनै असर गर्दैन ।गास, बास, कपास र जस्तै मनोरञ्जन पनि मानिसको आधारभूत आवश्यकता जस्तै भएकाले चलचित्र पनि मनारञ्जनकै एक अंग भएकाले सबैबाट साथ र सहयोग पाइने सञ्चालक भण्डारीले बताउनुभयो ।
सुबिधा सम्पन्न हल, काउण्टर, प्रवेशद्धार, कम्पाउण्डको सम्पुर्ण काम सकिएको छ भने पार्किङको पनि सुरक्षित र सुब्यबस्थित व्यबस्था रहेको छ । टिकट घर पनि बनिसकेकोले छिटो भन्दा छिटो अवलोकनका लागि जानै पर्ने संरचना बनेको छ ।यो चलचित्र हल कपिलवस्तुकै सुविधासम्पन एक मात्र हल हुनुका साथै नेपालमै राम्रो सिनेमा हलको सुचिमा पर्ने सिनेमा हाल हो । यो सिनेमाहल सञ्चालन भएसंगै यस क्षेत्रका नागरिकलाई बुटवल र काठमाण्डौँ जानुपर्ने समस्या अन्त्य भएको स्थानीयले बताउँछन् ।हलमा एकैपटकमा २ चलचित्र हेर्न पाईने छ । अर्थात् हलमा एकैपटक २ स्क्रिन डिस्प्ले हुनेछन् । एक हलमा १ सय ७१ र अर्कोमा १ सय ३३ जना गरी एक ‘शो’ मा ३०४ जना दर्शकले चलचित्र हेर्न सक्ने छन् ।








प्रतिक्रिया