प्रदेश

शीर्ष नेताहरूमाथि एमसीसी सम्झौता पारित गर्नुपर्ने दबाब बढ्दै



काठमाडौं १२ फागुन -अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ । त्यस्तै सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।

अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा। बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा २०६८ मा एमसीसी सम्झौताका अध्याय प्रारम्भ भयो तर अनुमोदनको चरणमा आइपुग्दा प्रचण्ड र डा। भट्टराई अलग–अलग पार्टीको नेतृत्व गरिरहनु भएको छ । त्यसै कारण दुवै नेतालाई आफैँले अघि बढाएको एमसीसी परियोजना अनुमोदनका लागि नैतिक दबाब छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि गरेको आग्रह नकार्ने अवस्थामा हुनुन्न किनभने यो विषय सत्ता गठबन्धनसँग पनि गाँसिएको डा। भट्टराई बताउँउनु हुन्छ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिँदै यसमा राष्ट्रघाती विषय नरहेको यसअघि नै बताइसकेका छन् तर एमालेले संसद् अवरोध जारी राखेको छ । एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा एमालेको भूमिका के हुन्छ भन्ने विषयमा ओली बोलेका छैनन् । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। भट्टराईले एमसीसी ढिला नगरी अनुमोदन गर्नुपर्ने बताउनु भयो । 

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६