प्रदेश

रुसले सैन्य कारबाही थालेसँगै युक्रेनमा रहेका नेपालीमा त्रासः राजदूतावासमा सम्पर्क गर्न आग्रह



काठमाण्डौ, १२ फागुन । रुसले सैन्य कारबाही थालेसँगै युक्रेनमा रहेका नेपालीमा त्रास बढेको छ । युक्रेनको राजधानीमा विस्फोट हुन थालेसँगै त्रास बढेको हो ।

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई आवश्यक पर्दा बर्लिन वा मस्कोमा रहेका नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

बर्लिनमा रहेको नेपाली राजदूतावासका तृतीय सचिव सहारा चौलागाईँलाई र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको हो ।

हिजो विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको थियो । अति आवश्यक परे बस्नु नत्र उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्किन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको हो ।

यस्तै, मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण समेत स्थगित गरेको छ । युक्रेनमा अहिले झण्डै डेढसयदेखि दुई सय जना रहेका अनुमान गरिएको छ । त्यसमध्ये ३८ जना सम्पर्कमा आएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६