प्रदेश

संसद् बैठकअघि सत्तारुढ दलका शीर्ष नेताहरुबीच भेटवार्ता, के भए कुराकानि ?



काठमाण्डौ, १२ फागुन । प्रतिनिधि सभाको बैठकअघि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै एक घण्टा बालुवाटारमा छलफल भएको हो । त्यसअघि प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको भेट भएको थियो ।

सिंहदरबारमा नेपाल र खनालसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको थियो । भेटमा एमसीसीको विषयमा कुराकानी भएको छ ।

सत्तारुढ माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन् भने कांग्रेसले एमसीसी पास गर्नुपर्ने बताउँदै आएको छ । एमसीसीमा बहुमत जुटाउन प्रधानमन्त्री देउवाले निरन्तर छलफल गर्दै आउनुभएको छ ।

प्रतिनिधि सभाको बैठक अहिले दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीको विषयमा छलफल हुनेछ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६