प्रदेश

नयाँ बानेश्वरमा कडा सुरक्षा व्यवस्था, पानीको फोहोरा हान्ने तीन वटा गाडीपनि संगै



काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ । केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए ।

अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

बुधबारै संसद भवनको वरिपरी पनि काँडेतार लगाइएको थियो । संसद बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६