प्रदेश

प्रदर्शनकारी र प्रहरीबीच झडप, नयाँ बानेश्वरको अवस्था तनावपूर्ण



काठमाण्डौ, १२ फागुन । संसदमा पेस भएको अमेरिकी सहयोग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत दलका सयौँ कायर्कताले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैथान गरिएको छ । दिनभर प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

प्रहरीको लाठी र अश्रूग्यासका कारण गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा र इँटा प्रहार गरेका छन् । प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न नदिन विभिन्न घेरामा सयौँ प्रहरी परिचालन भएका छन् ।
नयाँ बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनका कारण माइतीघरदेखि तीनकुनेसम्मको सडकमा गाडी चलेका छैनन् । त्यो रुट भएर चल्ने गाडीलाई डाइभर्सन गरिएकाले माइतीघर, त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, अनामनगर, पुरानो बानेश्वर, सिनामङ्गल, कोटेश्वर लगायतका क्षेत्रमा लामो जाम परेको छ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६