प्रदेश

एमालेका सबै मागमा छलफल गर्न तयार छुः प्रधानमन्त्री देउवा




काठमाडौं, १२ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।

‘तपाईंले गरेको निर्णयलाई निर्णयार्थ पेश गरेको छु, यसमा मद्दत माग्ने कुरा स्वाभाविक हो, तपाईको मद्दतका लागि संसदमा आएर मत जाहेर गर्नका लागि सजिलो बनाउन हामीले गर्न सक्ने सबै प्रबन्धमा छलफल गरौं, एकै ठाउँमा उभिएर यो विषय अगाडि बढाऔं’ देउवाले ओलीसँग गरेको प्रस्तावबारे कांग्रेस महामन्त्री गगन थापाले भने ।उनका अनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुनः कुराकानी गर्ने जवाफ दिएका छन् । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बिहीबार साँझ पुन छलफल हुने थापाले बताए ।

२३ भदौदेखि संसद अवरोध गर्दै आएको एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई पार्टीको केन्द्रीय समितिले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ । १४ सांसदलाई कारबाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग एमालेले राखेको छ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६