काठमाण्डौ, १२ फागुन ।
एमसीसी फेल गराउने की पास गेम मेकरका रुपमा देखा परेका एमाले अध्यक्ष केपि शर्मा ओलीलाई भेट्न देउवा र प्रचण्ड बीच होडवाजी नै चलेको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सकिएलगत्तै ओली र प्रचण्डबीच अहिले छलफल भइरहेको हो ।
छलफलमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी हुनुहुन्छ । यस्तै माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी हुनुहुन्छ ।अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका लागि माओवादी र एकीकृत समाजवादी तयार नभएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग संवाद बढाउनुभएको छ । यस्तो अवस्थामा ओली र प्रचण्डबीचको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।
प्रतिक्रिया