जीवनशैली

किन भत्काइयो त पुर्व पश्चिम लोकमार्गको डिभाइडर ?



कपिलवस्तु १३ फागुन । कपिलवस्तुको चन्द्रौटा अन्तरगत पुर्व पश्चिम लोकमार्गमा रहेको डिभाइडरले दुर्घटना बढेको भन्दै स्थानीयले डिभाइडर भत्काइदिएका छन । चन्द्रौटाको डिभाइडरमा एक स्कुटी ठोकिँएर दुर्घटना भएको छ । साझ करिब ८ बजे स्कुटी डिभाइडरमा ढोकिन पुगेको थियो । आक्रोशित स्थानीय युवाहरुले सडकमा लगाएको डिभाइडर पल्टाइदिएका छन ।
उक्त डिभाइडर विचमा राखेर ब्यवस्थापन गर्न पटक पटक माग गर्दा पनि सम्बन्धित निकायले कुनै पहल नगरेको व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले बताउनु भयो । सडक डिभिजन कार्यालय शिवपुर, शिवराज नगरपालिकासगँ लिखित रुपमा डिभाइडर ब्यवस्थापन गर्न अनुरोध गर्दा कुनै पनि सुनुवाइ नभएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६