अन्तर्राष्ट्रिय

युक्रेनका नेपाली नागरिकलाई यथास्थिति मै सुरक्षित रहन दूतावासको अपिल



काठमाडौँ १३ फागुन । नेपाली दूतावास बर्लिनले युक्रेनमा रहेका नेपाली नागरिकलाई यथास्थितिमा सुरक्षित रहन अपिल गरेको छ। दूतावासले वक्तव्य जारी गर्दै तत्काल हवाइ यात्राबाट स्थानान्तरणको सम्भावना नरहेकाले सडक मार्गबाट सुरक्षितमा जान भने सुझाएको छ।रसियाले युक्रेनमा आक्रमण गरेपछि दूतावासले वक्तव्य जारी गरेको हो। परराष्ट्र मन्त्रालयले फागुन ११ गते युक्रेन यात्रा प्रतिबन्ध गरिसकेको छ।
वक्तव्यमा युक्रेन सरकार, सम्बन्धित विश्वविद्यालय लगायतले जारी गरेका निर्देशन पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।सम्भव भएमा सडक र रेलमार्गबाट युक्रेनको पश्चिम क्षेत्रमा सुरक्षित स्थानान्तरणका लागि पनि दूतावासले अपिल गरेको छ।परिचय खुल्ने कुनै पनि कागजात साथमा राख्न, आफन्त तथा नेपाली नियोगको सम्पर्कमा रहन पनि दूतावासले आग्रह गरेको छ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६