प्रदेश

विपन्न नागरिकको घर बनाइदिन कर्णाली प्रदेशद्धारा पाँच करोड बजेट विनियोजन



सुर्खेत, १३ फागुन । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने गरी कार्यविधि स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । सरकारले विपन्न नागरिकको घर बनाउन पाँच करोड रुपैयाँ बजेट समेत छुट्याएको छ ।

पाँच करोडमा झण्डै एक सय घर निर्माण गर्ने लक्ष्य लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो । विपन्नहरूको घर निर्माणका लागि हुम्ला र डोल्पामा पाँच लाख र अरु जिल्लामा चार लाख रुपैयाँका दरले उपलब्ध गराइनेछ ।

मन्त्री विष्टका अनुसार सुर्खेतका बाढी पीडित परिवारलाई तीन लाख रुपैयाँका दरले आर्थिक सहयोग दिने निर्णय भएको छ । २०७१ सालको बाढीबाट प्रभावित सुर्खेतका एक हजार ६२ परिवारलाई प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८,७९ मा प्रतिपरिवार तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

तीन लाखका दरले प्रदेश सरकारले ३१ करोड ८६ लाख रुपैयाँ रकम वितरण गर्ने भएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६