प्रदेश

युक्रेन घटाना: राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट



काठमाडौं, १३ फागुन । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ ।

युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।

युक्रेनमा बिहीबारमात्रै विस्फोट गराएर रुसले सैनिक कारबाहीको घोषणा गरेको थियो । त्यहाँका डोनेट्स्क र लुहान्सक दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरिसकेको छ ।

यस्तै, बीबीसीका अनुसार राजधानी किभमा शुक्रबार एउटा रुसी विमान खसालिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सेभेन ए कोशिट्सिआ स्ट्रीटमा एउटा घरनजिक जेट खसेको युक्रेनी अधिकारी एन्टोन हेराश्चेन्कोले बताए।

किभनजिक पर्ने ब्रोभेरी नगरस्थित एउटा सैनिक अखडामाथि रुसले क्रुज क्षेप्यास्त्र प्रहार गर्दा ६ जनाको मृत्यु समेत भएको छ ।
साथै युक्रेनको एउटामा रुसी जल सेनाले कब्जा गरेको त्यहाँका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार त्यहाँ केही सैनिक पनि मारिएका छन् ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६