कपिलवस्तु १३ फागुन -नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बाणगंगा नगर कमिटि गठन गरिएको छ । नगर कमिटिको पहिलो भेलाले झबिन्द्र खनालको अध्यक्षतामा ४३ सदस्यीय नगर कमिटि गठन गरिएको हो । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको नगर कमिटिको उपाध्यक्षमा देविलाल कंडेल, सचिवमा गिरिराज कंडेल, निर्मला अधिकारी र भुवन पाण्डे, कोषाध्यक्षमा खिम बहादुर क्षेत्री, सह–कोषाध्यक्षमा बिष्णुलाल गैरे लगायत अन्य सदस्यमा चयन हुनुभएको छ ।नव गठित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुका सचिव कुशल पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।
जिल्ला सचिव पौडेलले नेकपा एमालेमा आवद्ध सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई समेट्दै नवगठित नगर कमिटि अगाडि बढ्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।एमाले नेता तथा बाणगंगा नगरपालिकाका नगर उप–प्रमुख चक्रपाणि अर्यालले एमालेमा आवद्ध सम्पुर्ण व्यवसायीहरुलाई व्यवसाय मार्फत आर्थिक स्तर उकास्न र राज्यलाई कर तिर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि अर्यालले व्यवसायीहरुको आर्थिक समृद्धि भएमा मात्र समृद्ध नेपालको नारा पुरा हुने बताउनुभयो ।अध्यक्ष भएसंगै खनालले नगर कमिटि अध्यक्ष पदमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै विशुद्ध नेकपा एमालेमा आवद्ध उद्योगी व्यवसायीका हक हित तथा अधिकारका लागि लड्ने बताउनुभयो ।
उहाँले पार्टीले अंगालेका औद्योगीक योजनाहरुलाई अंगाल्दै ठुला साना सबै व्यवसायीहरुलाई समावेश गरि उनीहरुको उत्थान र आर्थिक स्तरलाई माथि उकास्नका लागि आफ्नो अमह भुमिका रहने बताउनुभयो ।नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुका उपाध्यक्ष कृष्ण गैरेको अध्यक्षता, नेकपा एमाले बाणगंगा नगर कमिटि अध्यक्ष युवराज पोख्रेलको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा पार्टीमा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया