कपिलवस्तु, १३ फागुन ।रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं.४ मा थकाली चोकमा महाशिवरात्रीको अवसरमा विशेष मेला लाग्ने भएको छ । जनआस्था पृथ्वी क्लवले महाशिवरात्री मेला २०७८ तथा पाँचौ रवि किरण खुल्ला भलिबल कप प्रतियोगिता गर्ने भएको छ ।कार्यक्रम हुने स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराईएको हो ।रोगभोक अशिक्षाका विरुद्ध अघि बढौँ भन्ने मुल नाराका साथ २० औँ बर्ष देखि विभिन्न सामाजिक तथा मानवीय कार्यहरु गर्दै आएको उक्त क्लवले खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने र धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष उदय बहादुर आलेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पत्रकारका जिज्ञासाको जवाफ दिंदै क्लवका सचिव हिमाल थापाले लामो समय देखि कोरोनाका कारण कार्यक्रमहरु रोकिएको र यस बर्ष मेला आयोजना गरिएकाले सफल पार्नका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले मेलाका जम्मा ८ लाख लागतको अनुमान गरिएको बताउदै करिव सबै तयारी पुरा भएको बताउनुभयो ।पाँचौ रवि किरण खुल्ला भलिबल कपको प्रथम पुरस्कार ४१ हजार १ सय ११, द्धितीय पुरस्कार २५ हजार ५ सय ५५ तथा दुवै फाईनलिस्टलाई ५ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।क्लवका अध्यक्ष आलेको अध्यक्षता, पत्रकार जोगिलाल थापाको सञ्चालन रहेको पत्रकार सम्मेलनमा क्लवका कोषाध्यक्ष सन्दिप राना लगायत पुर्व अध्यक्ष, सल्लाहकार तथा पत्रकारको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया