प्रदेश

एसइई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई



काठमाडौं
१३-फागुन/ माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर प्रदेशलाई जिम्मा दिएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।

उनका अनुसार यस वर्षको एसइई परीक्षादेखि नै प्रदेश सरकार र बोर्डको समन्वयमा सञ्चालन हुने छ। यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदैछ। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार प्रदेशले उत्तर पुस्तिका परीक्षण,टेबुलेसन, उत्तर पुस्तिका संपरीक्षण गर्नेछ। तर, नतिजा प्रकाशन गर्न भने प्रदेशले बोर्डमा पठाउनुपर्ने छ । त्यसपछि बोर्डले नतिजा प्रकाशन गर्ने अर्यालले जानकारी दिए।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६