कपिलवस्तु १४ फागुन । नेकपा एमाले शुद्धोधन पालिका कमिटी कपिलवस्तुले सबै वडामा भेला र जनसंगठनको संयुक्त भेलाको मिति तय गरेको छ । जस अनुसार १८फागुनमा यूवा ,विधार्थी महिला ,किसान लगायतका जनसंगठनको पालिका स्तरीय भेला हुने छ । भने १९ देखि २२ गते भित्रमा सबै वहाको भेला गरि एमाले वडा कमिटी गठन गर्ने निर्णय भएको शुद्धोधन गाउपालिका कमिटीका अध्यक्ष राम बेलास चौधरीले वताउनु भयो ।
पालिका कमिटीको बैठकलाई संवोधन गर्दै एमालेका प्रदेश कमिटी सदस्य घर भरण यादवले मधेसवादी दलको पदिय मोह र सत्ता मोहका कारण मधेसीको हित गर्न एमाले नै सर्वाेत्तम विकल्प भएको वताउनु भयो । सो अवसरमा एमालेका जिल्ला उपाध्यक्ष एवम क्षेत्र नं १का इन्चार्ज विश्राम प्रसाद थारुले एमाले ठूलो शक्तिका रुपमा उदय भएकाले कांग्रेसले एमाले वाहेकका सबै शक्तिको गठबन्धन वनाएर चुनाव लड्ने अवस्था आएको दावि गर्नु भयो ।
एमालेका जिल्ला सचिवालय सदस्य एवम क्षेत्र नं १ का सहसंयोजक विश्व कार्की , प्रदेश क्षेत्र १ को ख का संयोजक विनोद चौधरी,सहसंयोजक विष्णु गौतम लगायतले वोल्दै शुद्धोधन अव लालकिल्ला बन्ने चरणमा प्रबेश गरेको दावि गर्नु भयो ।यता कपिलवस्तु नगरपालिका वडा नं ९ मा एमालेका संगठीत सदस्यको बृहत्त भेला भएको छ । भेलालाई संवोधन गर्दै एमालेका जिल्ला सचिवालय सदस्य एवम प्रदेश क्षेत्र १ क का संयोजक भेषराज पाण्डेले अहिलेको सत्ता गठबन्धन विरालोका विरुद्ध मुसाको गठबन्धन हो भन्ने कुरा चुनाववाट प्रमाणीत गर्न सबै कार्यकर्ता अहोरात्र खटिन आवहान गर्नु भयो ।
वडा कमीटी अध्यक्ष ऋषवराज पौडेको अध्यक्षता र सचिव विश्वराज पाण्डेको संचालनमा भएको भेलामा एमालेका जिल्ला सदस्य एवम नगर सह इन्चार्ज सुन्दर पाण्डे, नगर सचिवालय सदस्य द्धय श्याम सुबेदी र नारयण पौडेल, वडा अध्यक्ष शिव वाग्ले लगायतले वोल्दै विगतमा वडाको सिंगो सेट जितेको एमालेले यसपाली भारी अन्तरले जीत सुनिश्चित गर्न लागि पर्न सबैमा आग्रह गर्नु भयो ।
प्रतिक्रिया