अर्थ-वाणिज्य

डिभिजन वन कार्यालय कपिलवस्तुले बनायो वातावरण मैत्री फाउन्टेन पार्क



कपिलवस्तु १४ फागुन : डिभिजन वन कार्यालय कपिलवस्तुले कार्यालयको हाताभित्र वातावरण मैत्री फाउन्टेन पार्क निर्माण गरेको छ । घासपातले फोहर बनेको वन कार्यालयको पश्चिम तर्फको करिब ६ कठ्ठा क्षेत्रमा नुमना पोखरी सहितको पार्क निर्माण गरिएको हो । सिमसार व्यवस्थापन तथा पुर्नस्थापना कार्यक्रम अन्तरगत नेपाल मै पहिलो पटक यस्तो फाउन्टेन पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए। पाँच लाखको लगानीमा वनका कर्मचारीहरुले श्रमदान गरी पार्क निर्माण गरिएको हो। पार्कमा २ कठ्ठाको नमुना पोखरी, गोलघर र अजिन्गर उद्धार सेन्टर बनाइएको छ ।

पार्कमा स्थानीय जातको घास रोपिएका छन्। यस्तै जीर्ण बनेको करिब २ कठ्ठाको पोखरीलाई मर्मत गरी सुन्दरीकरण गरिएको छ। पोखरीमा इटा सिमेन्ट र छडको प्रयोग नगरी पोखरीलाई सुन्दर बनाइएको छ । पोखरीको किनारका भागको ढुंगा छापिएको छ। पोखरीको वरिवरि डिलमा हिड्ने बाटो समेत निर्माण गरिएको छ।

पोखरीमा फाउन्टने नोजल, बत्ती राखिएका छन् । तैरिरहेको फाउन्टेनले फोहरा फाल्ने गर्दछ। पोखरीमा तैरिरहेको फल्टीङ नेपाल मै पहिलो पकट रहेको सहयाक वन अधिकृत मदन स्यान्डील्यले बताए ।

सामुदायिक वनहरुलाई देखाउनका लागि यस्तो नमुना पार्क बनाइएको उनले बताए । बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रैष्ठले पार्कको अनुमगन गर्नेक्रममा कम खर्चमा वन कार्यालयमा निर्माण गरिएको पार्क नमुना रहेको बताए । उनले यस किसिमको पार्क सामुदायिक वन र पालिकाहरुले समेत निर्माण गर्नुपर्ने बताए ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६