अर्थ-वाणिज्य

लुम्विनीमा बालश्रम उच्च : ब्यवहारमा अन्त्यगर्न के गर्नु पर्ला ?




लुम्विनी १५ फागुन । धेरै वालश्रम हुने प्रदेशमा लुम्विनी अग्रभागमा परेकोछ । खासगरी इटटा उद्योग प्याई उद्योग तथा फर्निेचर उद्योगमा वालश्रम उच्च रहेको पाइएको हो । खासगरी लुम्बिनी प्रदेशमा विभिन्न उद्योग, कलकारखाना र प्रतिष्ठानहरुमा अझै पनि बालबालिकालाई श्रममा लगाउने गरेकाले त्यसको अन्त्यका लागि प्रदेश र स्थानीय सरकार संवेदनशिल हुनुपर्नेमा जोड दिइएको छ । स्वतन्त्रता अभियानले लुम्बिनी प्रदेशमा बालश्रमको अवस्थाबारे बुटवलमा सरोकारवालाहरुसँग गरेको छलफलमा सहभागीहरुले बालश्रम व्यवहारिक रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
विभिन्न स्थानीय तह, बालश्रमिकसँग सम्बद्ध संस्थाका व्यक्ति र प्रदेश सांसदहरुले बालश्रममुक्त प्रदेश निर्माणका लागि नीतिगत र कार्यक्रमका हिसाबले काम गर्नुपर्ने खाँचो औल्याएका छन । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभाका सदस्य कमलादेवी विश्वकर्मा, अर्का सांसद अष्टभूजा पाठक, रमा आर्यालले बालश्रम अन्त्यका लागि नितिगत रुपमा आफूहरुले काम गर्न तयार रहेको बताए ।
सांसदद्धयले प्रदेशसभाको तर्फबाट कानूून निर्माण र कार्यक्रमका लागि सरकारको ध्यानआर्कषण गराउने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य विष्णु माया थापाले शिक्षा र आर्थिक अवस्था कमजोर हुँदा बालबालिकाहरु श्रममा लाग्न बाध्य हुनुपरेको बताइन् । कार्यक्रममा कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र कुमार थापाले लुम्बिनी प्रदेश सरकारले समेत बालश्रमको बिषयलाई प्राथमिकता दिन नसकेको बताउँदै यो निकै संवेदनशिल बिषय भएको बताए ।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६