प्रदेश

नेतृत्वले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरे पनि माओवादी कार्यकर्ता प्रदर्शनमा



काठमाण्डौ, १५ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सडकमा प्रदर्शन थालेका छन् ।

माओवादीका भातृ सङ्गठनका कार्यकर्ताले काठमाण्डौको नयाँ बानेश्वरमा एमसीसीविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । आज आइतवार बिहान मात्रै माओवादीको पूर्वस्थायी कमिटीका सदस्यहरूको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।

यस्तै सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि व्याख्यात्मक घोषणासहित आजैको संसदबाट एमसीसी अनुमोदन गर्ने सहमति भएको छ । तर माओवादीका कार्यकर्ताले भने नेतृत्वले दोहोरो कुरा गरेको र नागरिकको आँखामा छारो हाल्ने काम गरेको भन्दै सडक आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

माओवादीका उपलब्ध पूर्वस्थायी समितिका सदस्यको बैठकले गठबन्धन कायम राख्ने र एमसीसी सम्झौतालाई पनि एउटा निकास दिने लक्ष्यका साथ गएको बिहीवारदेखि नियमित छलफल गर्दै आएका थिए । हिजो शनिवार मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एमसीसी सम्झौतालाई पनि एउटा टुङ्गोमा पुर्‍याउने र गठबन्धन पनि कायम राख्ने कोणबाट छलफल भइरहेको बताउनुभएको थियो ।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६