प्रदेश

एमालेको नाराबाजी कै बीच संसदमा एमसीसी सम्झौता माथि छलफल




काठमाण्डौ, १५ फागुन ।प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गरेका हुन् प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘माननीय सदस्यहरु प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नासाथ एमाले सांसदहरु आफ्नो आसनबाट उठेर बेल घेराउ गर्न पुगेका छन् ।एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुखले बैठकको प्रकृया अघि बढाउँदै अर्थमन्त्री शर्मालाई सामान्य छलफलसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।
(साभार)

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६