जीवनशैली

यथास्थितिमा नो एमसीसीः नेता झलनाथ खनाल



काठमाण्डौ, १५ फागुन । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले यथा स्थितिमा एमसीसी पासगर्न नहुने बताउनु भएको छ । नेता खनालले संसद् जस्तो महत्त्वपूर्ण थलोबाट पनि देशको विरुद्ध केही हुन्छ कि भनेर आम नागरिक चिन्तित भएको बताउनुभएको छ ।अमेरिकी सहायता एमसीसी सम्झौताको बारेमा संसदमा भएको छलफलमा भाग लिँदै खनालले देशका नागरिकले नेपाल र यहाँको कानुनविरुद्ध नभइ सार्वभौमसत्ता र स्वाधीनता रक्षाका लागि सडक आन्दोलन गरिरहेको र संसद्ले पनि गलत गर्छ कि भनेर चिन्तामा रहेको बताउनुभयो । यस्तो महत्त्को विषयमा संसदमा छलफल हुनुपर्नेमा कुनै दलको विरोध र अशान्त वातावरणमा छलफल थालेकोमा आपत्ति जनाउनुभयो ।

‘नागरिक देशको स्वाधीनता र सार्वभौमसत्ताको विषयमा चासो गर्दै आन्दोलनमा छन् । प्रहरीले लाठी चार्ज गरिरहेको छ । उनीहरूले देश र कानुनको विरुद्धमा आवाज बोलिरहेका होइनन्, दमनको यसको निन्दा गर्न चाहन्छु’, खनालले भन्नुभयो ।संसदमा भइरहेको अवरोधलाई लिएर उहाँले भन्नुभयो, ‘हामीले कस्तो वातावरणमा यो छलफल गरिरहेका छौँ रु सभा शान्त हुनुपर्थ्यो कि पर्दैनथ्यो ? सभामुख सभाको अब्बल नेता हो, तपाईँले सञ्चालन गरिरको अवस्था सिङ्गो नेपालले हेरिरहेको छ, आफैँले विचार गर्नुहोला ।’

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६