प्रदेश

एमसीसीको विरोध आवश्यक छैनः महन्थ ठाकुर



काठमाण्डौ, १५ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राम्रो उद्देश्य र लक्ष्य लिएर आएकाले एमसीसीको विरोध आवश्यक नरहेको बताउनुभएको छ ।

संसदमा एमसीसीमाथिको छलफलमा बोल्दै ठाकुरले एमसीसीमार्फत सञ्चालन हुने आयोजनाले नेपालको विद्युत्, सडक लगायतका पूर्वाधारमा ठूलो फाइदा हुने बताउनुभयो । नेपालले विभिन्न सर्त र प्रक्रिया पूरा गरेर लिने एमसीसीको सहायता विशुद्ध नेपालको विकासमा मात्रै केन्द्रित रहेको ठाकुरको भनाइ छ ।

अमेरिकाले अहिलेसम्म नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार आदिमा सहयोग गरिरहेको र अहिले पनि अमेरिकाले जबरजस्ती यो सहायता नदिएको भन्दै जथाभाबी विरोध गर्न नहुने बताउनुभयो ।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६