प्रदेश

एमसीसी राष्ट्रिय हितको विरुद्धमा छः दुर्गा पौडेल




काठमाण्डौ, १५ फागुन । – राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी सहायता एमसीसी नेपालको राष्ट्रिय, सार्वभौकिकता र राष्ट्रिय हितको विरुद्धमा रहेको दाबी गर्नुभएको छ ।

एमसीसीबारे संसदमा भइरहेको छलफलमा उहाँले राष्ट्रिय जनमोर्चाले यसलाई अस्वीकार गर्ने पनि बताउनुभयो । एमसीसीसँग नेपालको राष्ट्रिय हितमा आँच पुग्ने स्वार्थ जोडिएकाले यसलाई पारित गर्न नहुने पौडेलको भनाइ छ ।

अमेरिकी उपविदेशमन्त्रीले सन् २०१९ मा नेपाल भ्रमण गर्दा नै एमसीसी इन्डो प्यासिफिक रणनीति नै भएको वक्तव्य दिएकाले यसलाई नेपालले स्वीकार्न नहुने उहाँले बताउनुभयो । नेपालले सैनिक उद्देश्यका लागि अनुदान सम्झौता गर्नु नेपालको लागि खतरा हुने पौडेलको भनाइ छ ।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६