अर्थ-वाणिज्य

घर नहुनेलाई घर, एमाले कै भर :भटराई




सैनामैना १५ फागुन । नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले घर नहुनेलाई घर एमालेकै भर भन्ने नारा सार्थक भएको वताउनु भएको छ । उहाले घरविहिनलाई नेकपा एमालेले घर दिने बताउनु भयो । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सैनामैनाको प्रथम नगर अधिवेशनलाइ सम्वोधन गर्दै भट्टराईले यस्तो बताउनुभएको हो ।राष्ट्रिय सभा सदस्य समेत रहनु भएका भट्टराईले सुकुम्वासीको हातमा परिसकेको लालपुर्जा समेत वर्तमान गठबन्धन सरकारले खोसेको आरोप लगाउनुभयो ।
एमाले लुम्बिनी प्रदेश सहइन्चार्ज समेत रहनुभएका भट्टराईले नेकपा एमालेलाई हराउने तागत कसैसंग नभएको जिकिर गर्नुभयो । रुपन्देही नेकपा एमालेमय बन्दै गएको र एमालेको लाल किल्ला हुने दाबी गर्नुभयो ।पाँच भाई एक्लाएक्लै आउने दम नरहेको भन्दै सवै मिलेर आएपनि नेकपा एमालेले दुइ तिहाइ मत लिएर देखाउने बताउनुभयो । सवै मिलेर आएपनि नेकपा एमाले एक्लै फाइट गर्न तयार भएको भन्दै अव देशलाई एमालेमय बनाउने तर्फ सवै युवाहरु लाग्नु पर्ने बताउनुभयो ।
जनता अरु पार्टीमा अलमलिन नहुने भन्दै परिवर्तनका लागि देशमा सामाजिक क्रान्ति, आर्थिक क्रान्तीका आवश्यक पर्ने र त्यो क्रान्ती एमालेले मात्र सफल पार्न सक्ने उहाको दाबी छ । नेकपा एमालेको विकल्प अरु नभएको भन्दै जनतालाई एमालेमा आउन समेत आह्वान गर्नुभयो ।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६