खेलकुद

लिभरपुलले जित्यो लिगकपको उपाघी



काठमाडौं : लिभरपुलले चेल्सीलाई आइतबार राति नाटकीय रूपमा टाइब्रेकरमा पराजित गर्दै लिगकपको उपाधि जितेको छ । वेम्बलीमा भएको फाइनलमा निर्धारित र अतिरिक्त गरी १२० मिनेट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ लिभरपुलले चेल्सीलाई ११-१० ले हरायो । दुवै टोलीका ११-११ खेलाडीले पेनाल्टी प्रहार गर्दा चेल्सीका गोलकिपर केपा एरिजाबालागा निर्णायक पेनाल्टीमा चुके । उनको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

त्यसअघि लिभरपुलका दोस्रो रोजाईँका गोलकिपर कोइमहिम केलेहरले गोल गरेका थिए । त्यसपछि आएका केपा चुक्दा चेल्सी पराजित भयो ।

पेनाल्टी विशेषज्ञकै रुपमा केपालाई अतिरिक्त समयको पनि अन्तिम समयमा एडुवार्डो मेन्डीको स्थानमा मैदानमा पठाइएको थियो । तर उनले न कुनै पेनाल्टी रोक्न सके, न आफूले गोल गर्न सके ।

लिभरपुल सर्वाधिक ९ पटक लिग कपको उपाधि जितेको हो । उसले गत सिजन उपाधि जितेको म्यानचेष्टर सिटी भन्दा एक उपाधि बढी जितेको छ ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६