अन्तर्राष्ट्रिय

युद्धकै बीच रसियासँग वार्ता गर्न युक्रेनको टोलि बेलारुस पुग्यो



काठमाडौं १६ फागुन । युद्धकै बीच रसियासँग वार्ता गर्न युक्रेनको सरकारी प्रतिनिधिमण्डल बेलारुस आइपुगेको छ ।
बेलारूसको सरकारी न्युज एजेन्सी बेल्टाले जारी गरेको तस्बिरअनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुसको गोमेल क्षेत्रमा आफ्ना रुसी समकक्षीसँग वार्ताको लागि सोमबार आइपुगेको हो । टोलीले यसअघि नै बेलारुस पुगेको रुसी प्रतिनिधिमण्डलसँग भेटवार्ता शुरु गरेको छ । सोमबार अपराह्नबाट वार्ता शुरु भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

वार्ताका लागि सरकारी टोली बेलारुस पुग्दा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सामाधान निस्किनेमा धेरै आशावादी छैनन् । रुसी सैनिक तीव्र गतिमा युक्रेनलाई नियन्त्रणमा लिन अघि बढिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले भने तत्काल युद्धविराम र सेना फिर्ताको अडान राखेका छन् ।

रुसी आक्रमणका बीच जारी वार्ताले युद्ध अन्त्य गर्ने विश्वास जेलेन्स्कीलाई छैन । रसियाले भने पश्चिमी प्रतिबन्धका कारण अर्थतन्त्रमा असर परे पनि युक्रेनले माग सम्बोधन नगरेसम्म पछि नहट्ने अडान लिएको छ । यसअघि युक्रेनले रसियाको सहयोगी मुलुक बेलारुसमा वार्ता गर्न अस्वीकार गरेको थियो । पोल्याण्डमा वार्ता गर्न प्रस्ताव गरेको थियो । तर दिनदिनै रुसी सैनिक देश नै नियन्त्रणमा लिन अघि बढेपछि युक्रेन बेलारुसमै वार्तामा बस्न तयार भएको हो । एजेन्सी

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६