प्रदेश

कपिलबस्तु नगरपालिका १० को भवन समुद्घाटन



कपिलबस्तु, १६ फागुन ।कपिलबस्तु नगरपालिका वडा नं. १० को नवनिर्मित भवनको समुद्घाटन एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । कपिलबस्तु नगरपालिकाको नगर प्रमुख किरण सिंहले सो भवनको समुद्घाटन गर्नु भएको हो ।सो अवसरमा बोल्दै नगर प्रमुख सिंहले नगर बासिहरुलाई वडाबाटै सहज रुपमा वडाबासिहरुलाई सेवा दिने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । करिब ३ वर्षदेखि घर भाडामा लिएर वडा कार्यालय संचालन गर्दै आएको थियो । नगर प्रमुख सिंहले अब नगरपालिकाको सबै १२ वटै वडा कार्यालयको आफनै भवन भएको बताउनुभयो ।

उहाँले वडा नम्बर २, ३, ४ मा समेत नया भवन बनेको र बाकी वडामा भवन मर्मत गरी वडा कार्यालय संचालन हुदै आएको बताउनुभयो । वडा कार्यालयलाई पुर्वाधार र प्रबिधि मत्रै बनाउन नगरपालिकाले हर तरहले कोशिश गरेको बताउनुभो ।नव निर्मित भवनको निर्माण तपेश्वरी निर्माण सेवाले ९९ लाखमा निर्माण गरेको वडाध्यक्ष मोहनलाल शर्माले बताउनुभयो । कार्यक्रममा वडा भित्रका शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र लगायतका बिभिन्न क्षेत्रमा काम गर्ने १ सय ५ जनालाई कदर पत्रले सम्मानित गरिएको थियो ।
सो अवसरमा मेयर सिंह र नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठलाई समेत वडाध्यक्ष शर्माले सम्मानित गरेका थिए । वडालाई बालमैत्री वडा घोषणा गर्न योगदान दिनेहरुलाई समते सम्मानित गरिएको थियो । सो अवसरमा ५ बर्ष बित्न लागको कार्यकालमा वडाको आफनै भवन निर्माण भई उद्घाटन समेत गरिएकोमा वडाध्यक्ष शर्माले खुशी ब्यक्त गरे । उहाँले आफुले वडाबासीलाई आफनो बलबुताले भ्याए सम्म सेवा दिएको दाबी गरे ।वडाध्यक्ष शर्माको अध्यक्षता र बरिष्ठ सामाजिक विकास अधिकृत श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नगरपाकिलाका शिक्षा सल्लाहकार कनकमान श्रेष्ठ, पुर्व निग्लीहवा गाबिस उपाध्यक्ष अब्दुल सत्तार खा, कनकमुनी उमाबिका प्राचार्य अफाक अहमद खा लागतयले शुभकामन मनतव्य दिएका थिए ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६