खेलकुद

सुपर लिग क्रिकेटमा बुटवल राइनोजको फराकिलो जित



भैरहवा १६ फागुन ।रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आजको खेल बुटवल राइनोजले जितेको छ ।भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी प्रतियोगितामा बुटवलले गोलपार्क क्रिकेट क्लबलाई ८७ रनले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको बुटवलले ३९ ओभर चार बलमा सबै विकेट गुमाउँदै एक सय ४२ रन बनायो । पहिलो विकेट नौ रनमा गुमाएको बुटवलले दोस्रो विकेटकालागि ५३ रनको साझेदारी बनेको थियो । ६२ रनमा दोस्रो विकेट गुमाएको बुटवल राइनोजले ९७ रन बनाउँदा छैटौँ विकेट गुमाउन पुग्यो ।
त्यसपछि सुरज सारु र अर्जुन गिरिको जोडिले ४३ रनको साझेदारी गरे । बुटवलका तर्फबाट दिपक डुम्रेले ३०, अर्जुन गिरिले २८, सुरज सारुले १७ तथा अरबिन्द सारुले १५ रन जोडे । गोलपार्क क्रिकेट क्लबका युवराज सुबेदी, हेमन्त ओली र दिवन पुनले समान दुई–दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको गोलपार्कले १८ ओभरमा सबै विकेट गुमाएर मात्र ५५ रन बनाउन सक्यो । अमन घिमिरेले सर्वाधिक १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । सस्टैमा रोक्न बुटवल राइनोजका अमृत थापा र कौशल सिंहले समान तीन–तीन विकेट तथा राहुल यादवले दुई विकेट लिए । म्यान अफ दी म्याच अमृत थापा घोषित भए । भोली स्टार क्रिकेट क्लब र साई ग्लोबल क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६