खोज–अनुसन्धान

निजामति कर्मचारी संगठनको नेतृत्वमा पाण्डे सर्बसहमत



कपिलवस्तु १६ माघ । नेपाल निजामती कर्मचारी संगठन वाणगंगा नगर इकाई गठन भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न भेलाले दिपक पाण्डेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा सरस्वती भण्डारी, सचिवमा सुवास अर्याल, सह–सचिवमा राधा गौतम, कोषाध्यक्षमा महेश भट्टराई चयन हुनुभएको छ । सदस्यहरुमा लक्ष्मी पौडेल भट्टराई, तेज बहादुर सोमै, मिना वि।सी।, कृष्ण गौतम, राजेन्द्र भण्डारी र भगवती आचार्य चयन हुनुभएको छ ।नवनिर्वाचित अध्यक्ष पाण्डेले संघ प्रदेश र स्थनीय तहमा समायोजन भएका सम्पुर्ण निजामती कर्मचारीहरुको मनोवल नखस्किने गरि ऐन आउनुपर्ने माग राख्नुभयो ।

अध्यक्ष पाण्डेले सम्पुर्ण निजामती कर्मचारीहरुको प्रशासनिक संघियता सफल पार्न आफ्नो अहम भूमिका रहने बताउनुभयो । पाण्डेले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै संगठनलाई बलियो र मजबुत बनाउने संकल्पका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुका जिल्ला उपाध्यक्ष एवं बाणगंगा नगर इन्चार्ज अनिता क्षेत्रीको अध्यक्षत,ा नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सदस्य खिम बहादुर जि।सी।को प्रमुख आतिथ्यता, नेपाल निजामती संगठन जिल्ला अध्यक्ष प्रकाश गौतम र केन्द्रिय प्रतिनिधि केशवराज भट्टराईको आतिथ्यता र राष्ट्रसेवक बचत तथा ऋण सहकारीका अध्यक्ष सन्तोष बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६