समाचार

एमसीसी सम्झौता अनुमोदनमा विपक्षी दल पनि स्वीकृति थियो : प्रवक्ता



काठमाडौँ -नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्नु स्वभाविक भएको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौता अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल एमालेको पनि स्विकृति रहेको दाबी गरेका छन् । एमाले राजनीतिक कारणले मात्रै सहभागी नभएको उल्लेख गर्दै उनले भने, ‘सम्झौता अनुमोदनमा विपक्षी दलको पनि स्वीकृति थियो । उहाँहरू राजनीतिक कारणले मात्रै सहभागी हुनुभएन।’

एमसीसी कम्प्याक्टसँगै यसबारेको व्याख्यात्मक घोषणा केवल कागजको खोस्टो मात्रै नभएको पनि उनको भनाइ छ । उनले अगाडि भने, ‘व्याख्यात्मक घोषणा कागजको खोस्टो मात्रै हैन। त्यसमा हाम्रो बुझाइ लेखिएको छ। यसमा अमेरिका पनि सहमत छ। अब सरकारको ध्यान यसको कार्यान्वयनमा हुनुपर्दछ। यसबाट फैलाइएका भ्रमहरुको निवारण भएको छ।’

व्याख्यात्मक घोषणा अमेरिकाको सल्लाहमा नबनाएको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूले भनेर गरेको होइन । तर हामीले बुझेका कुरा राख्दा उहाँहरूको बुझाइ पनि त्यही रहेछ ।’

अफवाह भ्रम र दुविधा चिर्दै संसद्ले एमसीसी सहयोग अन्तर्गत आर्थिक सहायता अनुमोदन गरेको उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व निर्णय र धीरताले सम्झौता अनुमोदन गर्ने आधार तय भएको उनले बताए । एमसीसीबारे रहेका बाँकी भ्रम र अफवाह चिर्न कांग्रेस लागिरहने पनि उनको भनाइ छ । उनले भने, ‘नकारात्मक दृष्टिकोण राख्नेलाई पनि विकास परियोजना भएकाले हामीलाइ चाहिएको सडक र विद्युत प्रसारण लाइन बन्छ, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्छ । यसले प्रतिस्पर्धा र पारदर्शिताको हिसाबले नयाँ नजिर स्थापित गर्छ । नेपालको म्यानपावर र रिसोर्स प्रयोगमा नयाँ नजिर स्थापित गर्छ ।’

नागरिक समाज, दलहरु, अन्तराष्ट्रिय समुदाय सबैले एमसीसी टुंगो लागोस् भनेर कामना गरिरहेको अवस्थामा संसद्ले यसलाई टुंगो लगाएको प्रवक्ता महतले बताए।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६