अर्थ-वाणिज्य

द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको निर्णय



काठमाण्डौ १७ फागुन ।

सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफरिस गरिएका १८ जनालाई नियुक्ति दिने निर्णय पनि भएको छ । यस्तै ४१ जनालाई निवृत्तिभरण र अन्य सुविधा दिने निर्णय समेत बैठकले गरेको छ ।
यसैगरी अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि भएको एक मन्त्रीले बताए ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६