काठमाडौँ, १७ फागुन । नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्न लाग्नुभएको हो ।
आज दिउँसो १ बजे तीनकुने स्थित रोयक ब्यांकेटमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
एमसीसी संसदबाट पास भएपछि माओवादी केन्द्र र नेपाली कांग्रेसले हिजो आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया