फागुन, १७ कपिलवस्तु ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाका उप–मेयर टिका रेश्मीले निमार्ण हुँदै गरेको पुलको अनुगमन गरेका छन् । शितगंगा नगरपालिका वडा न। १४ मा बन्न लागेको विक्रम पावरा जोड्ने बाणगंगा नदिको पुलको उनले अनुगमन गरेका हुन् । विगत लामो समयदेखि त्यस क्षेत्रको विकासमा अनवरत लागिपरेका उप–मेयर रेश्मीले पुलको निमार्ण के कसरि भएको छ भनेर चासो देखाएका छन् । पुल नभएका कारण बर्षातको समयमा स्थानिय जनता तथा विद्यार्थीहरुले समस्या भोग्दौ आएका थिए । अर्घाखाँचीका अधिकांश नेताहरुको चुनावि एजेण्डा वनेको पुलको यसपटक निमार्ण कार्यले तिव्रता पाएको स्थानियले बताएका छन् । अनुगमनमा आएका रेश्मीले पुल निमार्णको जिम्मा पाएको सगुन कन्सट्रक्सनलाई समयमै काम सिध्याएर जनताको मन जित्न निर्देशन दिएको बताईएको छ । उता निमार्णको जिम्मा पाएको सगुन कन्सट्रक्सनले ३० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । यद्यपि कम्पनिले समयमै काम सकाउने बचन दिएको उप–मेयर रेश्मीले बताएका छन् । विक्रम पावरा जोड्ने पुल बनेपछि कपिलवस्तु लगाएतका जनता लाभान्वित हुने छन् ।
१७ फाल्गुन २०७८, मंगलबार
प्रतिक्रिया