प्रदेश

व्याख्यात्मक घोषणाको अर्थ छैनः एमाले



काठमाण्डौ, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताउनुभएको छ ।

एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न काठमाण्डौमा आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो व्याख्यात्मक घोषणा शाकाहारीले किताबको माछा पो खानु हुन्न, खोलाको माछा त खानुहुन्छ भन्ने जस्तै हो ।’

अध्यक्ष ओलीले एमसीसीलाई गलत ढङ्गले गिजोलिएको पनि बताउनुभएको छ । अध्यक्ष ओलीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीसम्बन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रूपमा सुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो ।’

अध्यक्ष ओलीले एमसीसी अनुमोदन गर्दा सभामुखले नियम मिचेको आरोप पनि लगाउनुभएको छ । संसदको एउटा अधिवेशनमा पेस भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनुपर्ने भए पनि एमसीसीमा त्यसो नगरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६