प्रदेश

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने, भारतले पठायो मूल्य बढेको नयाँ सूची



काठमाण्डौ, १७ फागुन । इन्डियन आयल कर्पोरेशन आईओसी ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची नेपाल आयल निगमलाई पठाएको छ । निगमले आज मङ्गलवार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेको सूची प्राप्त भएको जानकारी गराएको हो ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ८९ पैसा बढेको छ । यस्तै डिजेल तीन रुपैयाँ आठ पैसा, मट्टीतेल प्रतिलिटर १० रुपैयाँ तीस पैसा र हवाई इन्धन प्रतिलिटर तीन रुपैयाँ ३२ पैसा बढेको छ । यस्तै एलपीजी ग्यासको मूल्य प्रतिलिसिन्डर एक सय रुपैयाँ बढेर प्राप्त भएको निगमले जनाएको छ ।

आज प्राप्त भएको नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा ६ सय ६५ रुपैयाँ घाटा हुने उसले दाबी गरेको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको खरिद लागत प्रतिलिटर एक सय ६५ रुपैयाँ ५२ पैसा, डिजेलको खरिद लागत एक सय ४४ रुपैयाँ आठ पैसा र एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर दुई हजार दुई सय सय ४० रुपैयाँ ३४ पैसा पुगेको छ ।

निगमका अनुसार अहिले कायम मूल्यमा बिक्री गर्दा निगमलाई आउँदो १५ दिनमा तीन अर्ब नौ करोड र मासिक ६ अर्ब १८ करोड रुपैयाँ घाटा हुने देखिएको छ । भारतबाट मूल्य बढेर आएको भए पनि नेपालमा भने भाउ बढेको छैन ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६