अर्थ-वाणिज्य

स्थानीय निर्वाचनको आचार संहिता एक हप्तापछि लागु हुने




काठमाडौ १८ फागुन । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले फागुन अन्तिम साताबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगका अनुसार दल दर्ताको प्रक्रिया पूरा भएपछि आचारसंहिता लागू गर्ने तयारी भइरहेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि परेका निवेदनको टुंगो लागेपछि आचारसंहिता लागू गर्ने तयारी रहेको छ। ‘दल दर्ताका लागि परेका निवेदनको छानबिन गरी स्वीकृत प्रदान गरेपछि निवार्नचनमा सहभागी हुने दलको टुंगो लाग्छ,’ उनले भने, ‘निर्वाचनमा सहभागी हुने दलको टुंगो र निर्वाचन अधिकृतको टुंगो लागेसँगै आचारसंहिता लागू गर्ने तयारी छ। फागुन अन्तिम साताबाट आचारसंहिता लागू हुने सम्भावना छ।’
आयोगले फागुन १५ सम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिने समयावधि तोकेको थियो। यस अवधिमा ८० दलले निवेदन दिएका थिए। आयोगका अनुसार फागुन १६ सम्मको अवधिमा आयोगमा १११ दल दर्ता भएका छन्। आयोगका पदाधिकारीको बैठकले निर्वाचन प्रभावित हुन सक्ने अवस्थालाई हेरेर आचारसंहिता स्वीकृत गरी लागू गर्ने गर्दछ। आयोगले आचारसंहिता बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। विभिन्न चरणमा निर्वाचन आचारसंहिता लागू हुनेछ। सोमबार आयोगले सूचनामार्फत चैत्र १५ अघि कर्मचारीको सरुवा र पदस्थापना गरिसक्न निर्देशन दिएको थियो। आयोगले चैत्र १५ पछि स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म कर्मचारीको सरुवा र पदस्थापना नगर्न निर्देशन दिइसकेको छ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६