प्रदेश

जसपाको विधान अधिवेशन असार १ र २ गते हुने



काठमाडौं, १८ फागुन । जनता समाजवादी पार्टी जसपाले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ ।

फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्‍ने निर्णयसमेत गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६