खोज–अनुसन्धान

गोली पड्कीएपछि प्रहरीले निगरानी गर्दा हतियार सहित ३ पक्राउ



बाँके १८ फागुन । वाँकेको डुडुवा गाउपालिका वडा नं ४ राप्ती पुल नजिकवाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उप(महानगरपालिका वडा नं १८ कारकाँदो बस्ने वर्ष २९ का सुसान्त के।सी।, वडा नं १२ कोरियनपुर बस्ने वर्ष २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं। ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन् ।
विहान ९ बजेको समयमा राप्ती पुल स्थित गोली पड्किएको जस्तो आवाज सुनि ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेबाट प्रहरी टोली खटिई गई नेपालगंज देखि राप्ती नदी तर्फ जाँदै गर्दा चालक सुसान्त केसीले चलाएको बाग्मति प्रदेश ०१(०२५ च ३०९७ नं।को गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको अटोमेटिक पेस्तोल थान १ र सोको गोली ९ राउण्ड, खुडा थान १ नोक थान २ बरामद गरिएको छ ।बरामद गरिएको हतियार रपक्राउन व्यक्तिहरुलाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकोछ ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६