खोज–अनुसन्धान

अपाङगता भएका ब्यक्तिकालागि आय आर्जन सामाग्री प्रदान




कपिलवःतु १९ फागन। अपाङ्ग उत्थान समाज कपिलवस्तुले वाणगंगा नगरपालिकाका अपाङगता भएका ब्यक्तिकालागि आर्थिक सहयोग पुराउने कार्यक्रम संचालन गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि आय आर्जन सामग्री वितरण गर्दै बाणगंगा ४ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले सानो सहयोगले पनि जीविको पार्जनमा टेवा पुग्ने औल्याउनु भयो । संस्थाका अध्यक्ष कमल प्रसाद ढुङ्गानाल् समाजको कार्यलय रहेको बाणगंगा ४ वाट शुरु भएको यो काम अन्य वडा र पालिकामा समेत विस्तार गरिने वताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय निर्देशक समितिका सदस्य पवन आचार्य, वाणगंगा ४ का वडा सदस्यहरू अस्मिता नेपाली, चित्र बहादुर खाँड र ऋषि राम थारू , लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल कपिलवस्तु जिल्लाका अध्यक्ष सागर घिमिर लगायतको उपस्थिति थियो । अपाङगता भएकाका लागि सहयोग पुराउन ९ जना लार्य आय आर्जनमा सहयोग पराउन बाख्रा वितरण गरिएको हो ।
कार्यक्रममा मन्तब्य राख्नेहरुले वितरण गरिएका बाख्राहरूको पालन पोषण गरी लाभान्वित हुनआग्रह गरेका थिए । यो कार्यक्रमकालागि बाणगंगा ४ले वजेट सहयोग गरेको वताइन्छ । स्थानीय निर्वाचन पश्चात् आफू लगायतका पदाधिकारीहरू पुनः निर्वाचित भए पनि नभएपनि सदैव अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी भावी दिनहरूमा पनि समाजसेवाका कार्य गर्दै जाने कुरामा अध्यक्ष क्षेत्रीले जोड दिनु भएको थियो ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६