कपिलवस्तु (पकडी) १९ फागुन – बजारमा अखाद्य बस्तुको खरिद बिक्री भइरहेको गुनासो बढेपछि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले अनुगमन गरेको छ। आज गाउँपालिकको प्रतिनिधि ,प्रहरी प्रशासन र पत्रकार लगायतको टोलीले सिमा सग जोडिएको बजार चाकरचौडामा बजार अनुगमन गरेका छ ।
बजारमा ३ र ४ वटा पसलको अनुगमन नसक्दै बाँकी व्यापारी आफ्नो पसलको सटर धमाधम झारेर फरार भएका थिए । अनुगमन भइरहेको खबर पुग्नेबितिकै बजारका अधिकांश किराना, औषधी, मासु र होटल व्यापारीले पसल बन्द गरेर हुन ।
व्यवसाय दर्ता, नवीकरण, सरसफाई , म्याद गुज्रिएको खाद्य वस्तुको अनुगमन गरेका छन्। सोही अनुगमन टोलीले राजिब किराना पसल ,यादव मिस्ठान तथा चिया पसल ,स्विटि चाउमिन दुर्गेश किराना पसल ,शाफी मार्टमा रहेको मसाला पाउडर र युके रेस्टुरेन्टमा रहेको बियर समेतको म्याद चेकजाच गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख शिबशंकर मिश्राले बताउनु भयो ।
प्रतिक्रिया