ब्रेकिंग न्युज

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहित ५५ जना एमाले प्रवेश



कपिलवस्तु १९ फागुन -कपिलवस्तुको विजयनगर गाउँपालिकामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहित ५५ जना नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार वडा नं. ५ देविपुरमा आयोजित वडा भेला तथा प्रशिक्षण कार्यक्रममा वडा सदस्य राजमती पासी काँग्रेस परित्याग गर्दै एमाले प्रवेश गर्नु भएको छ ।

वडा भेलालाई सम्बोदन गर्दै विजयननगर गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले एमालेले गरेको काम हेर्न कपिलवस्तुमा एमालेले जितेका पालिका हेरे पुग्ने बताउनु भयो ।

भेलामा बोल्दै गाउँपालिका उपप्रमुख लक्ष्मी थारुले विजयनगर गाउँपालिकामा परिवर्तन ल्याएको कारणले एमाले प्रतिको मोह बढ्दै गएको दाबी गर्नु भयो । हरेका कार्यक्रममा एमाले प्रवेश गर्नेको लहर लागेको समेत थारुले बताउनु भयो ।

नव प्रवेसी पासीले काँग्रेस पार्टीले गरिब जनताको पक्षमा कहिल्यै काम नगर्ने बताउनु भयो । भेलामा अनवर मुसलमानको उपस्थिती रहेको थियो । भेलाको अध्यक्षता वडा कमिटि अध्यक्ष उमानाथ भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६