अर्थ-वाणिज्य

बिजयनगरवासीको आषा र भरोसा हिजो आज र भोली पनि एउटै :अध्यक्ष थापा




कपिलवस्तु १९ फागुन।बिजय नगरको महुार बदल्न हिजो आज र भोली पनि एमाले नै चाहिने कुरा नागरिकले बुझेको पालिका अध्यक्ष गोपाल थापाले वताउनु भएको छ । उहाले विजयनगरको वडा नं. ५ वाट निर्वाचित वडा सदस्य राजमति पासीलाई नेकपा एमालेमा प्रवेश गराउदै यस्तो वताउनु भएको हो । नेपाली काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित पासी सहित ५५ जनाले नेपाली काँग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन ।
विहिबार नेकपा एमाले वडा नं. ५ को वडा भेलामा पासी सहित ५५ जनाले अबको देशको विकास गर्ने पार्टि र जनताको रोजाई नेकपा एमाले मात्रै भएकोले काग्रेस त्याग गरी एमालेमा प्रबेश गरेको वताए । नेकपा एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका पालिका अध्यक्ष थापाले उनीहरुलाई सदस्यता दिदै पार्टिमा स्वागत गर्नु भएको हो । जनताले मन पराएको देशको विकास गर्ने एक मात्रै पार्टि नेकपा एमाले भएको जनताले बुझि सकेकोले अब विस्तारै सबैले एमाले नै रोज्ने थापाले बताउनु भयो ।वडा कमिटि अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय सदस्य गोपाल थापाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा जिल्ला सदस्य लक्ष्मी कुमारी चौधरी, त्रिवेणी कुर्मि, वडा नं. ५ का अध्यक्ष अनवर मुसलमान लगायतले नव प्रवेशीहरुलाई स्वागत गर्नु भएको थियो ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६