प्रदेश

कोरोनाले रोकिएको १२ औं कपिलवस्तु महोत्सव पुन संचालन गर्ने निर्णय



कपिलवस्तु, २० फागुन ।१२औं कपिलवस्तु महोत्सव चैत्र ३ गतेदेखि १३ गतेसम्म संचालन गर्ने भएको छ । संघको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।कपिलवस्तु उद्योग बाणिज्य संघको आकस्मिक बैठकले कोरोनाको बढ्दो प्रभावको कारण महोत्सव स्थगित गर्ने निर्णय गरेको थियो ।कपिलवस्तु उद्योग बाणिज्य संघले बाणगंगाको बुद्ध रंगशाला जितपुरमा महोत्सव आयोजना गर्ने तयारी गरेको हो । महोत्सवको तयारी अब थप तीब्र रुपमा अघि बढाईने संघका अध्यक्ष डोलकराम घिमिरेले बताए ।‘सक्षम व्यवसायी, समृद्ध राष्ट्र र स्वाधीन अर्थतन्त्र’ भन्ने मूल नाराका साथ हुन गईरहेको १२ औँ कपिलवस्तु महोत्सवलाई ऐतिहासिक बनाउन आफुहरु लागी पर्ने महोत्सवका निर्देशक छविरेस्मी मगरले बताए ।

अहिलेसम्म एघारौं महोत्सव सम्पन्न भईसकेको र सोही महोत्सवका अनुभवहरुलाई आत्मसात गर्दै लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट महोत्सव बनाउने उनले दाबी गरे । पहिलेका महोत्सवभन्दा अहिलेको महोत्सवमा दर्शकहरुले ऐतिहासिक प्रवेशद्धार, शिवको मूर्ति, हिमाल, बुद्धको मूर्ति लगायत कृषिका स्टलहरुसंगै राष्ट्रिय स्तरका कलाकार तथा कपिलवस्तु डान्स आईडल रहेने उनले बताए ।संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले महोत्सवलाई भव्य रुपमा सफल बनाउन यस क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आग्रह गर्नुभएको छ । वैठकमा संघका पदाधिकारी तथा सदस्यहरुले आआफ्नो धारणा रहेका संघ महासचिव मनोज पौडेलले बताए ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६